Section 33
नवीकरण सम्बन्धी विशेष व्यवस्था
दफा ३१ को उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सवारी, संस्थानको सवारी, कूटनीतिक सुविधा प्राप्त सवारी र निजी सवारीको धनीले आफ्नोे सवारीको दर्ताको प्रमाणपत्र पाँच वर्षसम्म एकै पटक नवीकरण गराउन चाहेमा पाँच वर्षसम्मको लागि लाग्ने नवीकरण दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र पेश गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र पाँच वर्षसम्मको लागि एकै पटक नवीकरण गर्न सक्नेछ ।